वर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भवः अध्यक्ष यादव

२०७८ पौष १७ शनिबार २२:०५:०० मा प्रकाशित

जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्ण र वर्ग व्यवस्था बीच समाजवादको स्थापना असम्भव रहेको बताएका छन् ।

समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेलाको शनिबार जनकपुरमा उद्घाटन गर्दै अध्ययक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था अवरोधकको रुपमा अगाडि आएको बताए ।

वर्ण र वर्ग व्यवस्थाले जन्माएको असमानता र विभेदबाट विश्वका २६ करोड दलितहरु शोषित र पीडित भएको उल्लेख गर्दै अध्यक्ष यादवले मुलुकमा समाजवाद स्थापनाको उक्त व्यवस्था परिवर्तन आजको मूल आवश्यकता रहेको बताए ।

मधेश आन्दोलनको मूलमन्त्र नै शेषित उत्पीडितको उत्थान भएकै कारण आरक्षणको व्यवस्था अनुसार दलित, उत्पीडितहरुले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष यादवले दलित लगायतका उत्पीडित समुदायलाई राजनीतिका साथै न्यायमा समेत पहुँच हुनुपर्नेमा जोड दिए ।

उनले महंगो निर्वाचन प्रणालीका कारण दलितहरु चुनाव लड्नबाट बञ्चित भरहेको उल्लेख गर्दै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने मांग समेत गरे ।

ताजा खबर