मालीमा आतङ्कवादी हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

२०७८ पौष १७ शनिबार १७:४८:०० मा प्रकाशित

मालीको पश्चिमी भागमा भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएका माली सशस्त्र बलले जनाएको छ । बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ ।

‘मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्।’सेनाले वेबसाइटमा प्रकाशित विज्ञप्तिमा जनाएअनुसार आक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाट हतियार र गोलाबारुद जफत गरिएको छ ।

मालीको वायुसेनाले गरेको हवाई हमलाका कारण आतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ । मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन् २०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ।

ताजा खबर