देउवाद्वारा महाधिवेशनमा पराजित नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन

२०७८ पौष १७ शनिबार १६:५३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै सम्पन्न पार्टीको महाधिवेशनमा पराजित केही नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यमा मनोनित निधि र सिंह सभापतिमा पराजित भएका थिए । त्यस्तै महत महामन्त्रीमा पराजित भएका थिए भने कोइराला र गच्छदार उपसभापतिमा पराजित भएका थिए । वरिष्ठ नेता पौडेल भने महाधिवेशनमा भएको निर्वाचनमा मतदान गर्न समेत आएका थिएनन् ।

 

ताजा खबर