३४२ जनामा कोरोना संक्रमण, २५२ जना संक्रमणमुक्त

२०७८ पौष १७ शनिबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२८७७३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१२२१० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ४९६९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर