नयाँदिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

२०७८ पौष १६ शुक्रबार १२:५१:०० मा प्रकाशित

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए ।

अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताए ।

उनले भने, ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।’

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ ।
नयाँदिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई
नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ । यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेका हुन् ।

बिहीबार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् । यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ ।

भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

दिल्ली सरकारले यसअघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ । नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बताए ।

ताजा खबर