नयाँ प्रतिबन्ध लगाइए सम्बन्ध टुट्न सक्ने अमेरिकालाई रुसको चेतावनी

२०७८ पौष १६ शुक्रबार ०९:१६:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडनलाई एउटा युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । बिहीबार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू ठूलो भुल हुने चेतावनी दिएका हुन् । बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जवाफ दिने बताएका थिए ।

रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबीच भएको दोस्रो हो । उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो । रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबीच भएको दोस्रो हो ।

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन् । अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए यसअघि कसैले नदेखे जस्तो प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ ।

तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ । उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ । रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको छ ।

ताजा खबर