२३५ जनामा कोरोना संक्रमण, २२८ जना संक्रमणमुक्त

२०७८ पौष १५ बिहीबार १६:५८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२८२०७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८११७४६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा १०३ जना छन् भने आइसोलेसनमा ४८७१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर