चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ

२०७८ पौष १५ बिहीबार १३:०६:०० मा प्रकाशित

पोखरा । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबारको आरोपमा प्रहरीले बुधबार पोखराबाट उनलाई पक्राउ गरेको हो ।

ब्राउनसुगर खरिदबिक्री गर्न लागेको अवस्थामा लाउरेसहित चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने उनले बताए ।

ताजा खबर