पूर्वी इन्डोनेसियामा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प

२०७८ पौष १५ बिहीबार १२:२४:०० मा प्रकाशित

इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएका र केही अन्य सामान्य क्षति भएको बताएपनि भूकम्पले सुनामी नआएको बताएको छ ।

स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ । एजेन्सीले सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको छ ।

ताजा खबर