कोरोना संक्रमणबाट २ जनाको मृत्यु, २५३ जना संक्रमणमुक्त

२०७८ पौष १४ बुधबार १७:२८:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४३३ जनाको पीसीआर परीक्षण गर्दा २०९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १,१७५ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २५३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४८६४ रहेको मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर