माओवादीको बन्दसत्रः टोली नेतालाई १५ मिनेटको समय

२०७८ पौष १४ बुधबार १५:१२:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौँ महाधिवेशनको बुधबार तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।

कमलदाीस्थित प्रज्ञा भवनमा बन्दसत्रको आजको कार्यक्रम सुरु भएको हो । प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए । समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो ।

बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ । टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेश गरेका थिए ।
 

ताजा खबर