चन्द्रागिरीमा हिमपात(फोटो फिचर)

२०७८ पौष १४ बुधबार ०९:२५:०० मा प्रकाशित

काठमाडौं । आज देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

ताजा खबर