रुशाली भट्टराईको 'गुराँसको पछ्यौरी’

२०७८ पौष १३ मंगलबार १४:३९:०० मा प्रकाशित

काठमाडौं । गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत संयोजन गरेको गीतले नेपाली पन प्रस्तुत गर्न खोजेको छ ।

एमबिबिएस अध्ययनरत रुशाली भट्टराईको यो पहिलो गीत हो। सानै देखि गायनमा रुचि राख्ने भट्टराई पढाइबाट केही समय निकालेर गीत संगीतलाई निरन्तर समय दिँदै जाने योजनामा छिन् । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली मौलिक गीतमा डाँडाकाँडा तथा हिमाली दृश्यहरुलाई सुन्दर रुपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

भिडियोमा मोडल गरीमा शर्मा फिचर्ड छिन् । सन्तोष राजबाहकले कोरियोग्राफी गरेको भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। भिडियो साइरस प्रोडक्सनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

ताजा खबर