चीनमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै

२०७८ पौष १३ मंगलबार १४:०७:०० मा प्रकाशित

चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ । यहाँका स्थानीय नागरिकहरुमा नै सङ्क्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको हो ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

 

ताजा खबर