भारी वर्षाका कारण ब्राजिलमा कम्तिमा २० जनाको मृत्यु

२०७८ पौष १३ मंगलबार १३:५४:०० मा प्रकाशित

ब्राजिलमा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी २० जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको र अरु ३५८ जना घाइते भएका जनाएको छ । वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।

ताजा खबर