‘मुट्ठीदान अभियान’को अबधि थप

२०७४ असार ८ बिहीबार ०९:३६:०० मा प्रकाशित

काठमाडौँ, ८ असार । राष्ट्रिय आविष्कार केन्द्रले गत वर्षदेखि सञ्चालन गरेको ‘मुट्ठीदान अभियान’ को अबधि एक वर्ष थप गर्ने भएको छ । केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि एक वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएकोमा लक्ष्य गरिएअनुसार सहयोग नजुटेपछि पुनः एक वर्ष थप गर्न लागिएको हो । 

केन्द्रले यही असार मसान्तभित्र रु ५० करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म रु चार करोडभन्दा बढी सङ्कलन भएको छ । स्वदेशभित्र वैज्ञानिक उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य केन्द्रले राखेको छ । 

केन्द्रका अध्यक्ष तथा म्यागसासे पुरस्कार विजेता महावीर पुनले आगामी वर्ष २०७५ सालको असार मसान्तसम्म अभियानको समयसीमा थप गरिएको जानकारी दिँदै विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न आग्रह गरेका छन् । 

सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि राखिएको छ । ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँच पु¥याउँदै आएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । रासस 

ताजा खबर