अब निजी अस्पतालले पनि कोभिड खोप केन्द्र संचालन गर्न पाउने

२०७८ पौष १२ सोमबार २२:२९:०० मा प्रकाशित

काठमाडौं । सरकारले अब निजी अस्पतालहरूबाट पनि कोभिडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गरी मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खोप दिइने जानकारी गराएको हो ।

५० बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खोप केन्द्र सञ्चालन गर्न पाउनेछन् । मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आग्रह गरेको छ ।

ताजा खबर