उत्तमनगरका बिराट र अयोध्याकी अनुष्का 

२०७४ पौष ७ शुक्रबार १५:०४:०० मा प्रकाशित

मुम्बई । नयाँदिल्ली उत्तमनगरको पञ्जाबी परिवारमा जन्मेका विराट कोहलीलाई किक्रेटमा  सानै उमेरदेखि रुची थियो । उनका बुवा प्रेम कोहली क्राइम एड्भोकेट थिए भने आमा सरोज कोहली साधारण गृहिणी । विराटले तीन वर्षको उमेरदेखि नै परिवारको सहयोगमा क्रिकेट सामग्री चलाउन सिकेका थिए । स्कुल जाने उमेरसम्ममा त उनले क्रिकेटमा एकदमै धेरै लगाव देखाउन थालिसकेको थिए । विराट क्रिकेटमा मात्र नभएर पढाइमा पनि तेज थिए ।

अभ्यास गर्दै जाँदा २००२ मा अन्डर–१५ मा खेल्ने मौका पाएका विराटले टुर्नामेन्टमा अरुले अपेक्षा गरेको भन्दा राम्रो खेलेर देखाईदिए । रोचक कुरा त के छ भने बिराटले यस टुर्नामेन्टमा सबैभन्दा धेरै रन बनाएका थिए । यसरी बिराटको क्रिकेट यात्रा शुरु भएको थियो । यसको परिणाम स्वरुप बिराटले अन्डर–१५ को कप्तानी नै सम्हाल्ने जिम्मेवारी समेत पाए ।

बिराटले अन्डर १७, अन्डर १९, अन्डर १९ वल्र्ड कप २००८ जस्ता खेलहरुमा भारतलाई जिताएका छन् । भारतमा उनलाई सचिन तेन्दुलकरपछिका व्याट्सम्यानको रुपमा मानिने गरेको छ । उनी आफ्नो रोल मोडल सचिन तेन्दुलकरलाई मान्छन् भने उनले तेन्दुलकरको खेलबाट प्रभावित भएर धेरै कुरा सिक्ने अवसर पाएको स्वीकारेका छन् ।

अयोध्याकी अनुष्काको यस्तो छ कथा

बलिउड फिल्मकी अभिनेत्री र निर्माती अनुष्का शर्माले मोडलिङबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी हुन् । २००८ मा पहिलो फिल्म  ‘रब ने बना दि जोडी’ बाट अनुष्काले आफ्नो अभिनय यात्रा शुरु गरेकी हुन् । यसमा उनको जोडिको रुपमा किङ खान शाहरुखले अभिनय गरेका   थिए । यसपछि उनले ‘बदमाश कम्पनी’, ‘बैंड बाजा बारात’ जस्ता फिल्महरुमा अभिनय गरिन्,यी फिल्ममा उनको अभिनयको धेरैले प्रशंसा पनि गरे । शुवातका यी फिल्महरुबाट नै अनुष्काले धेरै अवार्डहरु हात पार्न सफल भइन् । उनले ‘जब तक है जान’ बाट फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।

अनुष्काले आफ्नो पढाई आर्मी स्कुलबाट सकेकी थिइन् भने माउन्ड कैरेमेल कलेजबाट उनले स्नातक डिग्री गरेकी छन्। पढाई सकिएपछि उनी मोडलिङतिर लागेकी थिइन् ।

उनको बलिउडमा धेरै कलाकारहरुसँग प्रेमसम्बन्ध रहेको भन्ने चर्चा पनि चल्यो । कलाकार रणवीर सिंह, शाहिद कपुर, रणवीर कपुर, अर्जुन कपुर, क्रिकेटर सुरेश रैना, जोयब युसुफ जस्ता हस्तीहरुसँग उनको नाम जोडे निकै चर्चा चलेको थियो । विराट कोहली र उनको प्रणय सूत्र गाँसिएपछि भने सबै चर्चा ठप्प भएका छन् ।

 यसरी भयो प्रेम बिवाह 

बलिउडमा प्रेमका कारणले धेरै नै चर्चामा रहने जोडी हो अनुष्का र विराट कोहली । उनीहरुको प्रेम कहानी सन् २०१३ बाट सुरु भएको थियो । एउटा प्रोडक्टको विज्ञापनको क्रममा बिराट र अनुष्काको भेट भएको थियो । विज्ञापनको सुटिङताका नै यी दुई बीच गहिरो मित्रता सुरु भएको थियो । त्यसपछि उनीहरुको भेटघाट एकदमै बाक्लिन थाल्यो । उनीहरु यसरी सँगै घुम्ने धेरैजसो सँगसँगै देखिन थालेपछि उनीहरु गहिरो रिलेसनमा रहेको बलिउडमा अड्कलबाजी गर्न थालिएको थियो । जब २०१४ मा दक्षिण अफ्रिकामा क्रिकेट खेलेर फर्किएका बिराट अनुष्काले पठाएको कारमा सिधै अनुष्काको घर पुगे अनी उनीहरुको प्रेम झाँगिदै गएको अनुमा गर्न अभिभावकहरुलाई पनि गाह्रो भएन ।

त्यसयता बिराट र अनुष्का पटक पटक सार्वजनिक स्थानमा एकसाथ देखिन थाले । खेलको क्रममा न्यूजिल्याण्ड पुगेका बिराटलाई भेट्न अनुष्का त्यही पुगिन् । यता पिकेको सुटिङ भइरहेको समय अनुष्काको २६औँ जन्मदिन सेलिब्रेसन गर्न बिराट पनि सुटिङस्थल नै पुगे । यति भइसकेपछि भने उनीहरु सञ्चारकर्मी तथा बलिउड फिल्म र भारतीय क्रिकेट पारखीबीच  एउटा चर्चाको बिषय बनिरहे । सञ्चारकर्मीले प्रेम सम्बन्धको बारेमा सोधेका प्रश्नमा बिराटले स्वीकारोक्तिको सोझो जवाफ दिएका थिए । तर एकाएक २०१६ मा भने उनीहरुको सम्बन्धमा दरार आएको गसिप बाहिरियो  ।

एउटा म्यागेजिनमा अनुष्काले खिचाएको ग्ल्यामर्स तस्विरका कारण बिराट रिसाएको र सम्बन्ध टुक्रिएको धेरैले अनुमान गरेका थिए । तर लगत्तै दुवै फेरी सँगसँगै केही कार्यक्रमका साथै न्यूयोर्कमा छुट्टि मनाइरहेको अवस्थामा देखिएपछि भने यो अनुमान पनि गलत सावित भयो । फिल्मनगरीका कुरौटेहरुको मुख पनि बन्द भयो।

अब त यो युगलजोडी प्रेम विवाहमा बाँधिई नै सकेकाे छ। हालैमात्र उनीहरुले इटालीको टस्कनी शहरको बोर्गो फिनोशिटो रिसोर्टमा विवाह गरेका थिए । हाल हनिमुनका लागि इटालीमा नै रहेका उनीहरुले डिसेम्बर २१ मा दिल्लीमा क्रिकेटरहरूका लागि र २६ मा फिल्मी मित्रहरूका लागि विवाह भोज आयोजना गरेको घोषणा गरिसकेका छन् । एजेन्सीको सहयोग


 

ताजा खबर