महामारीका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्न पोपको आह्वान

२०७८ पौष १० शनिबार २१:५६:०० मा प्रकाशित

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपतका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि सबै सम्बन्धित पक्षहरूबीचको सम्वाद महत्वपूर्ण विकल्प भएको उनले बताए ।

“महामारीको यो समयमा सामाजिक सम्बन्धका लागि हाम्रो क्षमता लाई एकदमै अधिकतम प्रयोग गर्ने प्रयास गरिएको छ,” सेन्ट पिटर्स स्क्वायरमा भेला भएका क्रिश्चियन धर्मावलम्बीहरूलाई क्रिसमस सन्देश दिँदै उनले भने ।

उनले कुनै पक्ष वा मुलुकलाई स्पस्ट सङ्केत नगरिकन भने, “कामबाट पछि हट्ने प्रवृति बढिरहेको छ । यो समग्र मानव जातिको हित र विकासका लागि घातक हुन्छ ।” उनले भने, “विश्व समुदायमा पनि वार्ताबाट समस्याको समाधान खोज्ने अभ्यास कम भएको छ । वार्ताले नै द्वन्द्वको समाधान गर्न र सबैका लागि चिरकालीन लाभ ल्याउन सक्छ ।”

ताजा खबर