कोरोना संक्रमणबाट एक जनाको मृत्यु, २२६ जना संक्रमणमुक्त

२०७८ पौष १० शनिबार १६:२७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२७०५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१०४९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५८३ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ४९७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर