स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदन पेश

२०७८ पौष ९ शुक्रबार १५:२७:०० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेश भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनको सक्षिप्त रुप वाचन गरेका थिए । प्रतिवेदनमाथि आजै पुनःबस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ । माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा– प्रतिष्ठानमा हुँदैछ । माओवादीले सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने सङ्कल्प लिएको छ ।
 

ताजा खबर