आतङ्कवादीसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

२०७८ पौष ९ शुक्रबार १४:४५:०० मा प्रकाशित

पाकिस्तानको बलुचिस्तानको केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्रममा मारिएका थिए । आइएसपीआरले आक्रमणपछि भागेका आतङ्ककारीहरूको खोजी अभियान जारी रहेको पुष्टि गरेको छ ।

“सुरक्षा बल बलुचिस्तानको शान्ति, स्थिरता र प्रगतिमा बाधा पुर्याेउने उद्देश्यले सक्रिय शत्रुको त्यस्ता कार्यहरूलाई परास्त गर्न कटिबद्ध छ,“ आईएसपीआरले जियो न्यूजलाई बताएको छ । यस महिनाको शुरुमा, बलुचिस्तानको अब्दोई सेक्टरमा पाकिस्तान–इरान सीमामा रहेको सुरक्षा बलको जाँच चौकीलाई आतङ्कवादीहरूले निशाना बनाएपछि पाकिस्तानी सेनाका एक सैनिकको मृत्यु भएको थियो।

ताजा खबर