मालदिभ्समाथि नेपालको सहज जित

२०७८ पौष ९ शुक्रबार १२:५७:०० मा प्रकाशित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिला तर्फ भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा जित निकालेको छ ।

शुक्रबार समुहको कमजोर प्रतिद्वन्द्वीका रुपमा रहेको माल्दिभसलाई नेपालले २५–११, २५–९ र २५–५ को सेटमा पाखा लगायो । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा साविक च्याम्पियन नेपाल लगातार दोस्रो जित निकाल्न सफल भयो ।

आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकालाई पराजित गरेको थियो। नेपाली महिला टीमले सुरुवातबाटै माल्दिभस्लाई दबाबमा राखेको थियो । सुरुवातबाटै लिड बनाएको नेपालले एकपटक पनि पछि फर्कनु परेन।

पहिलो खेलमा श्रीलंका विरुद्ध प्रतिस्पर्धात्मक खेलमा ३–२ को जित निकालेको नेपाल दोस्रो खेलमा सहज जित सँगै अघिल्लो चरण संभावना बलियो बनाउन सफल भएको छ ।

ताजा खबर