अमेरिकाद्वारा नेपाललाई फाइजरको ६ लाख ६४ हजार डोज खोप प्रदान

२०७८ पौष ९ शुक्रबार १२:१७:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको थप खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकाले शुक्रबार फाइजरको ६ लाख ६४ हजार ५६० डोज खोप प्रदान गरेको हो । कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई खोप प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यी खोप विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ । दूतावासले सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्न निरन्तर सहयोग गरिरहने जनाएको छ ।

 

ताजा खबर