बंगलादेशमा फेरिमा आगो लाग्दा कम्तीमा ३२ जनाको मृत्यु

२०७८ पौष ९ शुक्रबार ११:४७:०० मा प्रकाशित

बंगलादेश एउटा फेरि(पानी जहाज) आगो लाग्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार शुक्रबार बिहान तीन बजे आगलागी भएको हो ।

तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार रहेका बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए । प्रहरीले अहिलेसम्म ३२ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।

आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। । केही मानिसहरू अझै हराइरहेका छन्।

ताजा खबर