जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

२०७८ पौष ८ बिहीबार २३:१९:०० मा प्रकाशित

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् ।

“मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँट गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,“ किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन् । अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पूँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए ।

त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन् । उनले प्रि–प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशत भन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन् ।

ताजा खबर