आरआरका शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निस्कासित

२०७८ पौष ८ बिहीबार २१:१६:०० मा प्रकाशित

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठारालाई क्याम्पस प्रशासनले निष्कासन गरेको छ । क्याम्पस प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी जेठाराले क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्याएकाले निस्कासन गरिएको छ ।

पुस ६ गते क्याम्पसमा ३० पूर्णाङ्कको आन्तरिक परीक्षा चलिरहेको समयमा परीक्षाहलभित्र प्रवेश गरेपछि जेठारालाई निरीक्षक प्राध्यापक पुडासैनीले बाहिर जान भनेपछि विवाद भएको थियो । त्यसपछि छलफल भइरहेका बेला जेठाराले पुडासैनीमाथि स्टिलको जगले सांघातिक आक्रमण गरेका थिए ।

ताजा खबर