मेडागास्करमा पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

२०७८ पौष ८ बिहीबार १४:२८:०० मा प्रकाशित

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शव निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको छ । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेका र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् ।

मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् । यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर ( ६० माईल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा प्राविधिक समस्या भएको देखाएको छ।

ताजा खबर