रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी

२०७८ पौष ८ बिहीबार ११:१९:०० मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीको नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । बिहीबार बिहान ‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ भन्दै विज्ञप्ती जारी गरी दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी हुन् । उनले पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरें, तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।’

 

ताजा खबर