नेपालमा थप एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि

२०७८ पौष ७ बुधबार १७:३५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्रले थप एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् ।

यसअघि डिसेम्बर ६ मा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको थियो । अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको प्रवक्ता मिश्रले जानकारी दिइन् ।

पछिल्लो सङ्क्रमणको घटना पुष्टिसँगै नेपालमा तीन जनामा कोरोनाभाइरसको यो भेरियन्ट देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए ।

ओमिक्रोन भेरियन्ट कोरोनाभाइरसको अरू भेरियन्ट भन्दा द्रुत गतिमा फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् । हाल यो भेरियन्टले धेरै देशमा ठूलो सङ्ख्यामा सङ्क्रमण वृद्धि गराएको छ।

 

ताजा खबर