सुनको सिक्री लुटेर भाग्दै गरेका तीनजना हतियारसहित पक्राउ

२०७८ पौष ६ मंगलबार १५:४८:०० मा प्रकाशित

नवलपरासी । नवलपरासीको गैंडाकोटमा महिलाले लगाएका सुनको सिक्री लुटेर भग्न खोज्ने तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार गैंडाकोटको अमरापुरीस्थित पसलमा बसिरहेकी अनिता श्रेष्ठले लगाएको सिक्री खोसेर भाग्न खोजेका स्थानीय आशीष सुनार, सुस्ताका सन्जय गुरुङ र रुपौलियाका रामबहादुर क्षेत्री पक्राउ परेका हुन् ।

सुन लुटेर भाग्दै गर्दा स्थानीयले घेरा हालेर उनीहरूलाई सोमबार राति नियन्त्रणमा लिएका थिए । उनीहरुको साथबाट जर्मनीमा बनेको एउटा रिभल्बर र ४ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरू पेशेवर लुटेरा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ताजा खबर