होन्डुरसमा पहिलो महिला राष्ट्रपति निर्वाचित

२०७८ पौष ६ मंगलबार १५:००:०० मा प्रकाशित

होन्डुरसमा पहिलो पटक महिला  राष्ट्रिपति निर्वाचित भएकी छन् । निर्वाचन आयोगले सियोमरा क्यास्ट्रो नयाँ नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको छ । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो ।

तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने छ । उनले निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।

ताजा खबर