नाटोलाई वैचारिक पूर्वाग्रह त्याग्न चिनियाँ विदेश मन्त्रालयको आग्रह

२०७८ पौष ६ मंगलबार १४:५७:०० मा प्रकाशित

चिनियाँ विदेश मन्त्रालयले नाटोलाई वैचारिक पूर्वाग्रह त्याग्न र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्न आग्रह गरेको छ । “विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नाटोले शीतयुद्धको मानसिकता र वैचारिक पूर्वाग्रहहरू त्याग्नुपर्दछ, अन्तराष्ट्रिय र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्न थप प्रयास गर्नुपर्छ,“ मन्त्रालयले सुरक्षा ग्यारेन्टीमा रूसको प्रस्तावमा टिप्पणी गर्दै यस्तो बताएको स्पुतनिकले लेखेको छ ।

डिसेम्बर १७ मा रूसी विदेश मन्त्रालयले रुस र अमेरिका र नेटो बीच सुरक्षा ग्यारेन्टीमा मस्यौदा सम्झौता प्रकाशित गरेको छ । यस सम्बन्धी कागजातहरू पहिले नै वाशिंगटन र यसका सहयोगीहरूलाई हस्तान्तरण गरिएको छ।

रुसी उप–विदेशमन्त्री सर्गेई र्याबकोभले स्पुतनिकलाई बताएअनुसार यदि नाटो र अमेरिकाले सुरक्षा ग्यारेन्टीको लागि रुसको मागलाई जवाफ दिएन भने यसले नयाँ टकराव निम्त्याउन सक्छ।

ताजा खबर