संसदमा एमालेको नाराबाजीका बीच दुई अध्यादेश स्वीकृत

२०७८ पौष ६ मंगलबार १४:०१:०० मा प्रकाशित

काठमाडौँ । संसदमा नेकपा एमालेको विरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो । ’यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ’फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।

बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो ।

बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए । 

ताजा खबर