सरल सहयात्री माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा निर्वाचित

२०७८ पौष ६ मंगलबार ०७:५०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । सोमबार साँझ भएको निर्वाचनमा प्रत्यासी दिनानाथ गौतमलाई हराउँदै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार कुल खसेको २ सय ६१ मतमध्ये उनले १६२ मत ल्याएका थिए भने गौतमले ८६ मत पाए । त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् ।

सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन्। उनले १४९ मत ल्याए । सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् । प्रदेश समिति सदस्यले पदाधिकारी चयनका लागि मतदान गरेका थिए।

ताजा खबर