बेलायतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ पौष ५ सोमबार २३:१२:०० मा प्रकाशित

काठमाडौं । बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप स्वचालित पिसिआर उपकरण, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि बेलायतका सैनिक सहचारी कर्णेल पाउल थोमस स्मिथले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महासेनानी डा मुन थापालाई हस्तान्तरण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

ताजा खबर