यी हुन् कांग्रेसको महिला खुलातर्फका निर्वाचित केन्द्रीय सदस्य

२०७८ पौष ५ सोमबार २१:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) को मतपरिणाम सोमबार राति सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार डा डिला सङ्ग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा. आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएका समितिका सचिव केशव रिजालले जानकारी दिए । पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए ।

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।

ताजा खबर