प्रदीपकुमार रावत चीनका लागि भारतको नयाँ राजदूत नियुक्त

२०७८ पौष ५ सोमबार २१:१३:०० मा प्रकाशित

प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको छ । प्रदीप कुमार रावत, हाल नेदरल्याण्डका लागि भारतका राजदूत हुन् । रावतले छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रावत जनवरी २०२१ देखि नेदरल्याण्डका लागि राजदूत हुन् । राजदूत रावतले आफ्नो कूटनीतिक करियरको अधिकांश समय बेइजिङलाई दिल्लीबाट ह्यान्डल गर्न बिताएका छन् । सन् २०१४ देखि २०१७ सम्म सहसचिव (पूर्वी एसिया)का रूपमा कार्यरत थिए । उनी सन् २०१७ देखि २०२० सम्म इन्डोनेसियाका लागि राजदूत थिए ।

 

ताजा खबर