चिलीको राष्ट्रपतिमा गेब्रियल बोरिक निर्वाचित

२०७८ पौष ५ सोमबार १२:३३:०० मा प्रकाशित

ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो । चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो ।

बोरिक विश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । विद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थव्यवस्था अवलम्बन हुने वाचा गरेका थिए ।

ताजा खबर