बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध बुस्टर डोज लगाउन सुरु

२०७८ पौष ५ सोमबार ०९:५०:०० मा प्रकाशित

बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले ढाकामा यस अभियानको सुरुवात गरेका छन् । अभियानको उद्घाटनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए ।

अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले बताए । उनकाअनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ ।

ताजा खबर