कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा कसको कति मत ? (सूचीसहित)

२०७८ पौष ४ आइतबार २१:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित सदस्यहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक भएको छ । जसमा डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

कोइरालाले ३८३६ मत प्राप्त गरेका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहदै निर्वाचित भएका छन् । पार्टीको विधानमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो ।

 

ताजा खबर