अस्ट्रेलियाको ब्रिसबेन नजिकै समुद्री विमान दुर्घटना, चार जनाको मृत्यु

२०७८ पौष ४ आइतबार १४:२०:०० मा प्रकाशित

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ ।

विमान मङ्ग्रोभ पछाडि हराएको थियो । चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ विमानस्थलबाट उडान भरेको थियो । विमानको गोताखोरहरूले खोजी गरिरहेका छन् ।

ताजा खबर