पुलिसमाथि मनाङको फराकिलो जित

२०७८ पौष ३ शनिबार १७:३१:०० मा प्रकाशित

पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले घरेलु मैदानमा विभागीय टिम नेपाल पुलिस क्लवलाई तीन एक गोलले हरायो । मनाङको जितमा कप्तान अञ्जन बिष्टले दुई गोल गरे । पहिलो हाफमा दुबै टिमले एक एक गोलको बराबरी खेलेका थिए । खेलको नवौं मिनेटमा पुलिसका गोलकिपर शत्रुघन चौधरीको गल्तीका कारण मनाङले खेलमा अग्रता बनायो ।

मनाङका डिफेन्डरबाट आएको बलमा पुलिसका गोलकिपर अगाडि बढेका बेला बल बाउन्स भएर उनलाई कटेपछि पाएको बलमा अञ्जन विष्टले गोल गर्न सफल भए । जारी लिगमा अञ्जनको यो पहिलो गोल हो । एक गोल खाएको पुलिसले ३४ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । मनाङका खेलाडीले डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सुमन लामाले गोल गर्न सफल भए । त्यसपछि पनि दुबै टिमले राम्रो मुभहरु बनाएपनि गोल गर्न भने सकेन ।

जसका कारण पहिलो हाफमा दुबै टिमले एक एक गोलको बराबरी खेले । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ७३ औं मिनेटमा मनाङले अन्तर दुई एकमा पुर्यायो । उसका लागि अञ्जन विष्टले फ्रिकिकमा उत्कृष्ट गोल गरे । जारी प्रतियोगितामा अञ्जनको यो व्यक्तिगत दोस्रो गोल हो । त्यसको दुई मिनेटपछि मनाङले अर्को गोलको मौका खेर फाल्यो । डिबक्समा अफिज ओलाओलको क्रसमा अञ्जनले उत्कृष्ट मौका खेर फाले ।  त्यसको अर्को मिनेटमा पुलिसका समन लामाले पाएको मौकालाई खेर फाले  ।

उनको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । खेलको ८२ औं मिनेटमा मनाङले खेल तीन एकमा पुर्यायो । यसपटक उसका लागि निशान लिम्बुले गोल गरे । उनले अफिज ओलाओलेले गोल गर्न सफल भए । जितसँगै मनाङले पाँच खेलमा चार जित र एक बराबरीका साथ १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानको मच्छिन्द्रसँग दुई अंकको अग्रता बनाएको छ । 


 

ताजा खबर