प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

२०७८ पौष ३ शनिबार १६:३८:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बोलाइएको छ ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए । बैठक संसदको अवरोध र एमसीसीबारे केन्द्रित हुने बताइएको छ । एमसीसी सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ ।

 

ताजा खबर