पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा भीम रावलको आपत्ति

२०७८ पौष ३ शनिबार १४:५३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई सोध्दै नसोधी पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत रावलले आफूलाई सोध्दै नसोधी पदको टीका लगाइदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

 

मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।

— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021

 

एमालेले रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी दिएको थियो । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भएपनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा रावल तयार नभएपछि निर्वाचन भएको थियो ।

ताजा खबर