'बजाज खुशीका तीन डोज' को विजेता घोषणा

२०७८ पौष ३ शनिबार ०१:०१:०० मा प्रकाशित

काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड को प्रा.लि. ले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ । नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको “खुशीको ३ डोज”को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले रु १० लाख हात पार्न सफल भएका हुन । उनले अर्किड्ज मोटर्स प्रा लिबाट मोटरसाइकल खरिद गरेका थिए ।  

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुशी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको थियो ।


यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा एक लाख रुपैयाँसम्मको नगद मूल्य गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँको  नगद पुरस्कार प्राप्त गर्ने अवसर पनि थियो ।

विजेता बिट्टु कुमार गुप्ताले भन्ने, “यो पुरस्कार जित्न पाउँदा म अत्यन्तै खुशी छु । यस्तो योजना सन्चालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।”

 शेखर गोल्छा, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशकले भने, “ खुशीका तीन डोजमा सहभागि सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।”
 

ताजा खबर