भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

२०७८ पौष २ शुक्रबार २३:२१:०० मा प्रकाशित

काठमाडौं । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा शुक्रबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।

नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १/१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ ।

ताजा खबर