करोडमा कारोबार गर्ने भनी ल्याइएको जिउँदो सालकसहित एकजना पक्राउ

२०७८ पौष २ शुक्रबार २०:१९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको मरुछासपाखामा दुर्लभ जिउँदो सालकसहित एक जना पक्राउ परेका छन् । अवैध रूपमा बिक्रीवितरण गर्नका लागी लुकाइछिपाई सालक ल्याइराखेको सूचनाका आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मरुछासपाखास्थित कोठाबाट दोलखाको कालिञ्चोकका २६ वर्षीय उद्धव थामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

खैरो रंगको प्रतिबन्धित दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्रीवितरण गर्ने उद्देश्यसहित राखेको पाइएपछि पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर