आर्मी र सातदोबाटोबीचको खेल बराबरी

२०७८ पौष २ शुक्रबार १९:१५:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।

खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १०औँं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै पाँच खेलबाट नौ अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ ।

यता बराबरीपछि सातदोबाटो भने आठ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी क्लब १०÷१० अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् ।

ताजा खबर