'क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्'

२०७८ पौष २ शुक्रबार १८:५६:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)क्यानको कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीले आफूहरूमाथि गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

शुक्रबार खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले पत्रकार सम्मेलन गरी कारबाही पुनर्विचार गरेपछि मात्र खेल्नेबारे निर्णय लिने बताएका बताएका हुन् ।

उनीहरुले आफूहरूको गल्ती भए माफी माग्ने तर खेलाडी वर्गीकरणमा भने पुनर्विचार हुनुपर्ने माग गरेका छन् । उनीहरुले भनेका छन्, ‘नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीहरुले कस्तो कठिन अवस्थामा पनि क्रिेकट खेलिरह्यौं, तपाईंहरुलाई भनिरहनु नपर्ला । हामीले कहिल्यै मैले के पाउँछु भनेर हेरेनौं । तलब आउँछ कि आउँदैन ? सेवा सुविधा के पाउँछौं ? सोधेनौं, खोजेनौं । हामी खेलाडीहरुको एउटै लक्ष्य हुन्थ्यो, आज पनि छ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीहरुलाई खुसी दिने । तर त्यसमा समस्या देखिन थाल्यो । समयमा तलब आएन, क्रिकेट संघ निलम्बनमा परेको बेला भनेर हामीले चित्त बुझ्यौं । जब क्यानको निलम्बन हट्यो, हामीलाई लागेको थियो अब अवस्था सहज हुँदै जाने छ । तर दुःखका साथ भन्नुपर्छ, क्यानले २०२० का लागि ढिला गरी गरेको ग्रेडिङ पनि विवादमा पर्यो । हामीले पनि आफ्नो धारणा राख्यौं, क्यान पनि छलफलका लागि तयार भयो । छलफलमा ग्रेडिङमा परेकाहरुलाई कायमै राख्दै अपग्रेड हुनुपर्नेहरुलाई अपग्रेड गर्ने, जो खेलाडीहरु ग्रेडिङमा छुटेका छन्, उनीहरुलाई समावेश गर्ने र आगामी दिनमा निश्चित मापदण्ड बनाएर समयमै सम्झौता गर्ने सहमति भएको थियो ।’

 

ताजा खबर